थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु

थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु


काठमाडौं, ५ कात्तिक । पछिल्लो २४ घण्टामा देशभर ७०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पीसीआर परीक्षणबाट ५७४ र एन्टिजेन परीक्षणबाट १३४ जनाको कोरोना संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ७ हजार २५३ नमुनाको पीसीआर परीक्षण र २ हजार १२३ एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जम्मा परीक्षण ९ हजार ३७६ गरिएको छ । यो अवधिमा ९३२ जना कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरोनाबाट ११ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संक्रमितको संख्या १० हजार ९४६ छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ८ लाख ८ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९३ हजार ९०५ पुगेको छ । हालसम्म ७ लाख ८५ हजार ८१३ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ३३७ पुगेको छ ।