आफ्नै श्रीमानको हत्या आरोपमा जेल सजाय भएकी सिड्नीकी नेपाली युवती नोभेम्बरमा छुट्ने !

आफ्नै श्रीमानको हत्या आरोपमा जेल सजाय भएकी सिड्नीकी नेपाली युवती नोभेम्बरमा छुट्ने !


सिड्नी अष्ट्रेलिया ।

पारिवारिक विवादको क्रममा आफ्नो श्रीमानलाई कैंची प्रहार गरी ज्यान लिने गौतम थरकी एक नेपाली युवती तीन वर्षको सजाय कटाएर आगामी नोभेम्बरमा छुट्ने भएकी छिन् । गएको २०१९ मा स्थानीय ग्रानभिलमा भएको घटनामा उनका पति सन्तोषको ज्यान गएको थियो । सुरुमा सन्तोषले उनलाईलाई कैंचीले तिघ्रामा हानेको र यसैका आवेगमा आफुले प्रतिवाद गर्दा घटना भएको उनको जिकिर थियो । उनीहरुबीच पैसाको विषयलाई लिएर विवाद भएको उनले बताएकी थिइन् ।

उनका श्रीमानलाई मदिराको लत भएको र यौन दुव्र्यवहार समेत गर्नेगरेको उनले बताएकी थिइन् । निजले रक्सीको सुरमा घरमा आउने र हरेक पटक यौन सम्पर्कको प्रस्ताव गर्ने गरेका कारण आफु आजीत बनेको प्रहरीलाई बताएकी थिइन् । यस्तो यौन सम्पर्क गर्भनिरोधक साधनविना हुने गरेको र सन्तोषले कन्डम लगाउन नमान्ने गरेको उनको भनाई थियो ।

यसैकारण पाँच पटक गर्भपतन गराउनुपरेको उनले न्यायाधीशसामू खुलासा गरेकी थिइन् ।

नोभेम्बर २३ शनिबारको राति सन्तोष घर आइपुग्दा श्रीमतीले खाताबाट २ हजार डलर झिकिएको थाहा पाइन् । त्यसै विषयमा विवाद सुरु भएको थियो । यसक्रममा सन्तोषले सुरुमा जगल्ट्याएर कैंचीले तिघ्रामा हानेको र यसको प्रतिवाद गर्दा निजको घाँटीमा लागेको थियो ।

यसपछि अत्यधिक रक्तश्राव भएको थियो । घाइते अवस्थाका श्रीमानलाई यत्तिकै छोडी उनले घटना भएको केही समयपछि मात्रै प्रहरीलाई खबर गरेकी थिइन् । सुरुमा आफुले घटना नगराएको उनको दावी थियो । पछि भने आफ्नो ज्यान जोगाउन खोज्दा यस्तो भएको उनले दावी गरिन् ।

अदालतमा सुनवाईको क्रममा गौतमले नेपालमा गएर आफुले नयाँ जीवन सुरु गर्न नसक्ने बताएकी छिन् । परिवारका सदस्यहरु र अन्यका कारण यो सम्भव नहुने भन्दै उनले डिपोर्ट नगर्न अनुरोध गरेकी थिइन् । अष्ट्रेलियामा १२ महिनाभन्दा बढी जेल सजाय हुनेगरी अपराध गर्ने आप्रवासीहरुलाई जेल सजायपछि देश निकाला गरिन्छ । सम्भवतः उनी नोभेम्बरमा रिहा भएपछि नेपाल पठाइनेछिन् ।

Photo : FACEBOOK