Logo

फुटबल खेल्दा खेल्दै हर्ट एट्याक, दर्शकले बचाए ज्यान !



गोल्डकोष्ट, क्वीन्सल्याण्ड ।

गोल्डकोष्टमा सञ्चालित एक फुटबल प्रतियोगितामा खेल्दाखेल्दै हर्ट एट्याक भएकी किशोरी कोमाबाट बाहिर आएकी छिन् । यद्यपि उनलाई पूर्णत निको हुन भने समय लाग्ने भएको छ । १४ वर्षीय आभा अजोपार्डी स्थानीय अन्डर १५ को फाईनलमा रनवे बे क्लबको तर्फबाट म्याजिक युनाईटेड विरुद्ध खेल्दै थिइन् ।

शुक्रबार राति भएको खेलमा दर्शकदीर्घामा सहभागी डाक्टर र नर्सको सतर्कताले उनको ज्यान जोखिएको हो । रनवे बे क्लबका निर्देशक अल मुसीले भनिन् “दर्शकदीर्घामा डाक्टर र नर्स रहेछन् । उनीहरु तत्कालै सहयोगका लागि आए त्यसैकारण ठूलो दुर्घटना हुनबाट जोगियौं ।”

डाक्टरहरुले सीपीआर गरेर स्थिति स्थीर गराएपछि किशोरीलाई गोल्ड क्वेष्ट युनिभर्सिटी अस्पताल लगिएको थियो ।

खेल अघि उनमा कुनै कमजोरीका लक्षणहरु नदेखिएको क्लबले जनाएको छ । उनको सयोगका लागि गोफन्डमार्फत आह्वान गरिएकोमा करिब १२ हजार डलर सहयोग जुटिसकेको छ ।