सामाजिक सञ्जालमा सद्भाव कायम राख्न नेपाली सोसाईटी तास्मानियाको अपिल

सामाजिक सञ्जालमा सद्भाव कायम राख्न नेपाली सोसाईटी तास्मानियाको अपिल


होबार्ट, तास्मानिया ।

नेपाली सोसाईटी अफ तास्मानियाले एक प्रेस विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा आफ्ना विचार राख्दैगर्दा एकअर्काप्रति सद्भाव कायम गर्न अपिल गरेको छ ।

आईतबार एक विज्ञप्ति सार्वजनिक गर्दै नेष्टले भनेको छ, “सामाजिक सञ्जालमा आफ्नो भावना वा बिचार पोख्दै गर्दा तुष्टि प्राप्तिका लागि कुनै जातजाती, धर्म, बर्ग, लिंग एवं क्षेत्र बिशेषप्रतिको बिरोध, प्रहार एवं आक्षेप निन्दनीय छ। तसर्थ एक अर्काप्रतिको सम्मान र हार्दिकताले हाम्रो सामाजिक एकता एवं सद्भावलाई बलियो बनाउने कुरालाई हृदयङ्गम गरि आफ्ना बिचारहरु सभ्य रूपमा राखी आफ्नो र सिंगो नेपाली समाजको प्रतिष्ठा बढाउने कुरामा सदैव लाग्न सम्बन्धित सबैमा बिनम्र अनुरोध गर्दछौ।”

साथै नेपाली सोसाईटी अफ तास्मानियाले तास्मानियामा बस्ने नेपालीहरुका साथै विश्वभर दशैं मनाउनेहरुलाई शुभकामना दिँदै यसै अवसरमा आयोजना गरिएको दशैंकप फुटबल सम्पन्न गर्न सहयोग गर्नेलाई पनि आभार व्यक्त गरेको संस्थाका अध्यक्ष खगेन्द्र सत्यालले जनाएका छन् ।

यसैगरी विज्ञप्तिमा आज राति ६ बजेसम्मका लागि लगाइएको तीन दिने लकडाउनको पूर्णत पालना गर्न पनि अनुरोध गरिएको छ ।