न्यूजिल्याण्डमा कोरोनाको त्रास, प्रधानमन्त्री जसिन्डाले अष्ट्रेलियनहरुलाई लगाईन् दोष

न्यूजिल्याण्डमा कोरोनाको त्रास, प्रधानमन्त्री जसिन्डाले अष्ट्रेलियनहरुलाई लगाईन् दोष



अकल्याण्ड ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा अर्डीनले आफ्नो देशमा डेल्टा भाईरसको संक्रमण हुनुमा अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्य जिम्मेवार भएको आरोप लगाएकी छिन् ।

तीन दिने लकडाउनको दोश्रो दिन बोल्दै उनले मंगलबार अकल्याण्डमा देखिएको भाईरसका लागि न्यूसाउथवेल्सबाट आउने अष्ट्रेलियन जिम्मेवार रहेको बताएकी हुन् । हाल यहाँ १० जनामा कोरोना संक्रमण देखिएको छ ।

यद्यपि सिड्नीबाट अकल्याण्ड कसरी भाईरस आइपुग्यो भन्ने विषय भने अनुसन्धानका क्रममा रहेको उनले बताइन् । न्यूसाउथवेल्समा पछिल्लो समय एकैदिन ६ सय ३३ नयाँ कोरोना संक्रमित फेला परेका छन् भने कोरोनाकै कारण तीन जनाको ज्यान गएको छ ।

यहाँकी प्रिमियर ग्लेडिस बेरेजेक्लिनले यो संख्या अझै बढ्ने बताइसकेकी छिन् ।