सोमबारदेखि न्यूसाउथवेल्समा प्रतिबन्ध थप खुकुलो बनाईँदै, २० जना घरमा भेला हुनसक्ने

सोमबारदेखि न्यूसाउथवेल्समा प्रतिबन्ध थप खुकुलो बनाईँदै, २० जना घरमा भेला हुनसक्ने


सिड्नी, अष्ट्रेलिया ।

८० प्रतिशत १६ वर्षभन्दा माथिका नागरिकहरुले कोरोना विरुद्धको दुबै खोप गाएपछि अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा आगामी सोमबारबाट प्रतिबन्ध थप खुकुलो बनाइने भएको छ ।

सुरुवातमा तोकिएको समय भन्दा अघि नै यो लक्ष्यमा पुगन सपबल भएको न्यूसाउथवेल्सले अक्टोबर १८ सोमबारदेखि घरमा १० जनाको बदला ३० जनासम्म व्यक्तिहरु आउन पाउने नियम लागू हुनेछ । यसमा १२ वर्षभन्दा कम उमेरका बालबालिका समावेश छैनन् । यस्तै घर बाहिरका ठाउँहरुमा हुने जमघटमा ५० जनासम्म भेला हुन सक्नेछन् । विवाह, विवाहको भोजमा सहभागी हुन पाउने संख्यात्मक प्रतिबन्ध हटाइएको छ ।

कोरोना विरुद्ध खोप नलगाएको अवस्थामा भने घरमा बाहिर दुई जना मात्रै भेला हुन सक्नेछन् भने विवाहमा पाँच जना मात्रै सहभागी हुन पाउनेछन् ।

ठूलला कन्सर्ट, खेल आदिको लागि भने ५ सयको सहभागी संख्याबाट बढाएर ३ हजार बनाइएको छ । न्यूसाउथवेल्सका प्रिमियर डोमेनिक पेरोटेले कामको बेला मास्क लगाउनुपर्ने छैन । तर, विद्यालयमा भने शिक्षकहरुले मास्क लगाउनुपर्नेछ । तर, बस लगायतका यातायातका साधनमा भने मास्क अनिवार्य नै हुनेछ । राज्यमा चार वर्गमिटरको यियम लागू रहनेछ ।

पव या बारहरुमा अब उभिएर पनि पिउन पाउनेछन् । तर, पिउने र नाच्ने काम एउटै स्थानमा भने नहुने भएको छ ।

सिड्नी महानगर लगायतका ठाउँका बासिन्दाहरुले रिजनल क्षेत्रमा जान भने नोभेम्बर १ तारिखसम्म कुर्नुपर्नेछ ।