श्रीलंकाका राष्ट्रपति पुगे सिंगापुर, नीति भ्रमणका लागि प्रवेश अनुमति

श्रीलंकाका राष्ट्रपति पुगे सिंगापुर, नीति भ्रमणका लागि प्रवेश अनुमति



सिङ्गापुर । श्रीलङ्काका पूर्व राष्ट्रपति गोटाबाय राजापाक्ष सिङ्गापुर पुगेका छन् । उनलाई नीति भ्रमणका लागि सिङ्गापुर प्रवेश गर्न दिइएको सिङ्गापुरको विदेश मामिला मन्त्रालयले बिहीबार जनाएको छ ।

मन्त्रालयको अनुमतिमा उनी सिङ्गापुर पुगेको मन्त्रालयका प्रवक्ताले पुष्टि गरेका छन् ।

साउदी विमानमार्फत् उनी माल्दिभ्सबाट सिङ्गापुर पुगेको स्थानीय सञ्चार माध्यमहरूले समाचार लेखेका छन् ।

स्थानीय समयअनुसार बिहीबार बेलुका ७।१७ बजे उनी सिङ्गापुरको चाँगी विमानस्थलमा उत्रिएका थिए ।

राजापाक्ष शरणार्थीको रूपमा आएको हो वा होइन भन्ने बारेमा कुनै जानकारी नभएको पनि मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।

उनको गन्तव्य सिङ्गापुर नै हो वा फेरि अन्यत्र जाने हो भन्ने बारेमा पनि एकिन नभएको जनाइएको छ ।

आन्दोलनकारीले आफ्नो निवास कब्जा गरेपछि देशभित्रै अन्यत्र लुकेर बस्नुभएका राजापाक्षले बुधबार देश छाडेर माल्दिभ्स पुगेका थिए । एक दिन बसेर सिङ्गापुर पुगेका हुन् ।

उनले देश छोडेपछि राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई दिइएको छ ।

सभामुख महिन्दा यापा अबेवार्डेनाले आगामी जुलाई २० मा संसदबाट नयाँ राष्ट्रपति चयन गरिने जानकारी दिएका छन् ।