अफगानिस्तानमा ठूलो भूकम्प, एक हजारभन्दा बढीको ज्यान गयो, १५ सय घाइते

अफगानिस्तानमा ठूलो भूकम्प, एक हजारभन्दा बढीको ज्यान गयो, १५ सय घाइते


काबुल । अफगानिस्तानको पक्टिका प्रान्तमा बुधबार बिहान गएको भूकम्पमा परी कम्तीमा हालसम्म एक हजारभन्दा बढीको मृत्यु हुनुका साथै १५ सय जना जना घाइते भएका राज्यद्वारा सञ्चालित बख्तर समाचार समितिले जनाएको छ ।

सबैभन्दा बढी प्रभावित पूर्वी प्रान्त पक्टिका प्रान्तको बर्माल, जिरुक, नाका र गायन जिल्लामा करिब २५५ जनाको ज्यान गएको पछिल्लो स्थानीय स्रोतलाई उद्धृत समाचार समितिले जानकारी दिएको छ । भूकम्प प्रभावित क्षेत्रमा हेलिकप्टर र उद्धार टोली पुगेका छन् । छिमेकी प्रान्त खोस्टमा कम्तीमा २५ जनाको ज्यान गएको छ भने ९५ जना घाइते भएका छन् ।

भूकम्प ६।१ म्याग्निच्युड भएको जनाइएको छ । भूकम्पको केन्द्रबिन्दु खोस्टबाट ४४ किलोमिटर दक्षिणपश्चिममा रहेको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्थाले जनाएको छ ।

भूकम्पको कारण यस क्षेत्रका दर्जनौं घरमा क्षति पु¥याएको छ भने पक्टिका प्रान्तमा पहिरो गएको स्थानीय स्रोतले जनाएको छ ।