कोरोना संक्रमणबाट थप १४ को मृत्यु, ७ सय ९२ संक्रमित थपिए

कोरोना संक्रमणबाट थप १४ को मृत्यु, ७ सय ९२ संक्रमित थपिए


काठमाडौं, २६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४ जनाको मृत्यु भएको छ । थपिएका १४ जनासहित नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ५७ पुगेको छ ।

यस्तै २४ घण्टामा ७ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ६ सय १९ जनाको नमुना परीक्षण गर्दा ७ सय ९२ जना अर्थात् ८ दशमलव २३ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । योसहित नेपालमा अहिलेसम्म पीसीआर र एन्टिजेनबाट गरिएको परीक्षणमा ८ लाख ९६ हजार ७ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै थप ९ सय १० जना निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७७ हजार ७ सय ४१ पुगेको छ । अहिले १४ हजार ५ सय ५४ जना सक्रिय संक्रमित रहेकोमा ३ सय ६ जनाको आईसीयू र १ सय दुई जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

२४ घण्टामा थप ६९ हजार आठ सय २४ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।