मेलबर्न, अष्ट्रेलिया ।
अष्ट्रेलियामा जनसंख्याका हिसाबले दुई ठूला राज्यहरु न्यूसाउथवेल्स र भिक्टोरियामा कोरोनाको संक्रमण संख्या घट्ने क्रममा छ । पछिल्लो समय एक हजारको आंकडा नाघेर करिब दुई हजारमा पुगेको भिक्टोरिया पनि विस्तारै ओर्लिदैछ भने फ्रिडम डेको दिन न्यूसाउथवेल्समा ३ सय ६० नयाँ कोरोना संक्रमित भेटिएका छन् ।
स्वास्थ्य विभागका अनुसार गएको २४ घण्टामा गरिएको ६८ हजार ५ सय ९ परीक्षणको नतिजा अनुसार कूल १४ सय ६६ जनामा कोरोना संक्रमण थपिएको छ । यससँगै राज्यमा संत्रमितको संख्या १९ हजार ६ सय २७ पुगेको छ भने ८ जनाको ज्यान गएको छ । यससँगै पछिल्लो कोरोना संक्रमणको फैलावटमा मृत्यु हुनेको संख्या १०१ पुगेको छ । गएको २४ घण्टामा ३६ हजार ३ सय ८३ जनाले कोरोना विरुद्धको खोप लगाएका थिए । राज्यमा ५९ दशमलब ३ प्रतिशतले दुबै डोज खोप लगाएका छन् भने पहिलो डोज खोप लगाउनेको संख्या ८५ दशमलब ८ पुगेको छ ।
Reported yesterday: 1,466 new local cases and 0 cases acquired overseas.
– 36,383 vaccines administered
– 68,509 test results received
– Sadly, 8 people with COVID-19 have diedMore later: https://t.co/OCCFTAtS1P#COVID19Vic #COVID19VicData pic.twitter.com/8DLXRJ9T04
— VicGovDH (@VicGovDH) October 11, 2021
उता ९० प्रतिशत कोरोना विरुद्धको खोप लगाउनको संख्या पुगेको खुशीयालीमा गरिएको लकडाउन प्रतिबन्ध खुकुलो बनाउने दिनलाई फ्रिडम डे भन्दै हजारौं न्यूसाउथवेल्सवासी घर बाहिर निस्किएका छन् । १ सय ६ दिनको लकडाउनपछि उनीहरुले खुल्ला ठाउँमा सास फेर्न पाएका छन् । साथीभाईसँग भेट्ने मौका मिलेको छ । तर, गएको २४ घण्टामा कोरोना संक्रमित थपिने क्रम भने रोकिएको छैन । यो अवधिमा ३ सय ६० नयाँ कोरोना संक्रमित थपिएका छन् भने ५ जनाको ज्यान गएको छ ।
गएको अगष्ट १२ यताको सबैभन्दा कम संक्रमित संख्या हो ।
NSW #COVID19 UPDATE – TUESDAY 12 OCTOBER 2021
In the 24 hour reporting period to 8pm last night:
-90.4% of people aged 16+ have had one dose of a COVID-19 vaccine
-74% of people aged 16+ have had two doses of a COVID-19 vaccine
-88,988 tests
-360 new locally acquired cases pic.twitter.com/I6mkgmPUd3— NSW Health (@NSWHealth) October 11, 2021
प्रतिक्रिया