लकडाउन खुलेको खुशीयाली, सिड्नीका पवहरुमा निःशुल्क वियर

लकडाउन खुलेको खुशीयाली, सिड्नीका पवहरुमा निःशुल्क वियर


सिड्नी अष्ट्रेलिया ।

आजबाट अष्ट्रेलियाको न्यूसाउथवेल्स राज्यमा लगाइएका प्रतिबन्धहरु हटाइएको छ । यससँगै १० जनासम्म पाहुना घरमा आउन पाउने भएपछि धेरैको मुहारमा खुशी छाएको छ । अझ दुबै डोज खोप लगाएकाहरुलाई त खुशी हुने अरु कारणहरु पनि थपिएका छन् । फर्फी बियर कम्पनीले न्यूसाउथवेल्सका केही पवहरुमा निःशुल्क वियर अफर सार्वजनिक गरेपछि खुशीको अर्को कारण बन्न पुगेको हो ।

१ सय ६ दिने लकडाउनले लखतरान भएका सिड्नीवासीलाई आजको परिवर्तनहरुले लपाल काट्न, खुद्रा पसलहरुमा जान, अतिथिहरुलाई स्वागत गर्न, जीम लगायतका व्यायामहरु गर्न थप सुविधा प्रदान गरेको छ ।

राहत दिएको फर्फी बियरको उत्पादक कम्पनी फर्फी ब्रुअर लायनले कम्तिमा ३० हजार लिटर बियर विभिन्न पवहरुमा निशुल्क वितरणका लागि उपलब्ध गराएको जनाएको छ ।