अष्ट्रेलियामा दशैंको टिकाको साईत यस्तो छ !

अष्ट्रेलियामा दशैंको टिकाको साईत यस्तो छ !


मेलबर्न, अष्ट्रेलिया ।

नेपालीहरुको ठूलो पर्व दशैंको घटस्थापना सम्पन्न भइसकेको छ । घटस्थापना गरी जमरा रोपेपछिको दशौं दिनमा विजया दशमीका रुपमा दशैं मनाउने र टिका लगाउने प्रचलन छ । यस पटक अष्ट्रेलियाका विभिन्न शहरमा फरक फरक स्वरुपको दशैं देख्न पाइने भएको छ । किनकि, भिक्टोरिया लगायतका ठाउँमा यात्रा प्रतिबन्ध कायम रहेको अवस्थामा एक अर्काको घरमा जाने अवस्था नहुन सक्छ । यस्तोमा सार्वजनिक स्थलमा भेटेर टिका लगाउने योजना बन्न सक्छ ।

यस पटकको टिकाको साईत सिड्नीमा विहान १० बजेर २५ मिनेटमा रहेको छ भने मेलबर्नमा १० बजेर ३१ मिनेटमा, एडिलेडमा १० बजेर २६ मिनेटमा यस्तै ब्रिसबेनमा १० बजेर २९ मिनेटमा, क्यानबेरामा विहान १० बजेर २७ मिनेटमा हुनेछ भने तास्मेनियामा विहान १० ५१ मा वेष्टर्न अष्ट्रेलिया पर्थमा १० बजेर ३ मिनेटमा भने डार्विनमा विहान १० बजेर २७ मिनेटमा टिका लगाउने साईत जुरेको नेपाली हिन्दू समाज अष्ट्रेलियाले जनाएको छ ।

टिकाको साईतपछि दिनभरि नै टिका लगाउन कुनै बाधा नपर्ने भन्दै समाजले यस पटक टिका लगाउँदा ग्रण गर्ने व्यक्ति पश्चिमपट्टी फर्किनुपर्ने समेत जनाएको छ ।