ईन्जिनियरहरुको लागि ओएनएफ अष्ट्रेलियाको करिअर कार्यशाला, जीओफ विल्सनको मेन्टरशीप

ईन्जिनियरहरुको लागि ओएनएफ अष्ट्रेलियाको करिअर कार्यशाला, जीओफ विल्सनको मेन्टरशीप


सिड्नी, अष्ट्रेलिया ।

प्रवासी नेपाली मञ्च अष्ट्रेलियाले ईन्जिनियरिंग पढाई सकाएका र कामको खोजीमा रहेका विद्यार्थीहरुको लागि करिअर कार्यशाला आयोजना गर्दैछ ।

आज शनिबार दिउँसो ४ बजेदेखि ६ बजेसम्म हुने कार्यशाला जुमको माध्यमबाट गरिनेछ । आजको कार्यशालाको प्रमुख आकर्षण क्वीनीटीकन कम्पनीका प्रबन्ध निर्देशक जीओफ विल्सन हुनेछन् ।

विल्सनसँग ३० वर्षभन्दा बढीको आईटी क्षेत्रको अनुभव छ भने पछिल्लो १० वर्षदेखि उनी व्यापारिक योजना तर्जुमा गर्ने कार्यमा अब्बल मानिन्छन् । उनले कसरी करिअर अघि बढाउन सकिन्छ भन्ने विषयमा आफ्नो अनुभव साट्नेछन् ।

कार्यक्रममा सहभागी हुनका लागि दर्ता अनिवार्य छ । यसरी गर्न सकिन्छ सहभागिता सुरक्षित –

https://forms.gle/bKYh4YGXQywafwLa9