युक्रेनी सेनाले ग-यो रुसी इन्धन भण्डारण केन्द्रमा आक्रमण

युक्रेनी सेनाले ग-यो रुसी इन्धन भण्डारण केन्द्रमा आक्रमण


काठमाडौं, १८ चैत । युक्रेनी सेनाले रुसी भूमिमा रहेको इन्धन भण्डारण केन्द्रमा आक्रमण गरेको छ । शुक्रबार रुसी सहर बेलग्रोदस्थित विमानस्थलमा रहेको इन्धन भण्डारण केन्द्रमा युक्रेनी सेनाले दुई वटा हेलिकप्टरबाट आक्रमण गरेको थियो ।
यस्ता आक्रमणले जारी शान्ति वार्तालाई प्रभावित बनाउने रुसले जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको कार्यालयका प्रवक्ता दिमित्री पेस्कोभले आक्रमणले वार्तालाई प्रभावित पु¥याउन सक्ने बताएका छन् । यसअघि बेलगोर्द क्षेत्रका गभर्नरले युक्रेनी आक्रमणमा तेल डिपो जलेर नष्ट भएको बताएका थिए । आक्रमणमा मानवीय क्षति भने नभएको बताइएको छ ।
केही दिनयता रुस र युक्रेनबीचको द्वन्द्व केही कम भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । आक्रमण सुरु गरेको केही दिनमै कब्जा गरेको चेर्नोबिल परमाणु केन्द्रबाट पनि रुसी सेना पछि हटेको युक्रेनी अधिकारीले जनाएका छन् ।
रुस र युक्रेनबीच केही दिनअघि टर्कीको इस्तानुबलमा भएको वार्ता सकारात्मक भएको बताइएको थियो । टर्कीका राष्ट्रपति रेचेप तय्यप एर्दोआनको मध्यस्थतामा भएको वार्तामा केही स्थानबाट रुसी सेना पछि हट्ने र आगामी वार्तामा युद्धविराममा सहमति हुन सक्ने बताइएको थियो ।