अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने ‘सामाजिक सञ्जाल कायरहरुको अखडा’

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले भने ‘सामाजिक सञ्जाल कायरहरुको अखडा’


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले फेसबुक लगायतका सामाजिक सञ्जालहरु कायरहरुको अखडा भएको आरोप लगाएका छन् । बिहीबार उनले सामाजिक सन्जालमा जेपायो त्यही लेख्नेहरुप्रति ईंगीत गर्दै विनाप्रमाण विनाआधार जेपायो त्यही लेख्नेहरुलाई अंकुश लगाउनुपर्ने बताए ।

“सामाजिक सन्जालमा छद्म नाममा विभिन्नखाले भ्रमणपूर्ण कुरा गर्ने, आरोप लगाउने र दुव्र्यवहार गर्ने व्यक्तिहरुले जे गरेका छन् त्यस्तो कार्यका लागि तिनीहरुलाई जवाफदेही बनाउनु आवश्यक छ ।” उनले भने ।

उपप्रधानमन्त्री ब्रानावि जोयसले प्रविधि कम्पनीहरुलाई गलत सूचना प्रवाह रोक्नका लागि आग्रह गरेपछि प्रधानमन्त्री स्कट मोरिसनको यस्तो भनाई आएको हो ।

उनले सामाजिक सञ्जालको दुव्र्यवहार अति भइसकेको संकेत गर्दै कम्पनीहरुले करोडौं डलर कमाउने तर उनीहरुको सन्जालमा के भइरहेको छ त्यसको जिम्मेवारी नलिने प्रवृत्ति घातक भएको बताए ।

केही समय अघि उपप्रधानमन्त्री जोयसकी छोरीका विषयमा विभिन्न गलत खबरहरु फैलाइएको थियो । त्यो समय आफ्नो जीवनकै अत्यन्तै खराब समय भएको पनि उनले ईंगीत गरेका छन् ।

उपप्रधानमन्त्री जोयसलाई समर्थन गर्दै प्रधानमन्त्री मोरिसनले यस्ता गलत कार्यहरुलाई रोक्न आफु लागिपर्ने संकेत गरेका छन् । छदम एकाउन्ट खोलेर जथाभावी गर्नेहरुको पहिचान गर्न सामाजिक सन्जालका कम्पनीहरुले सहयोग गर्नुपर्ने धारणा उनको छ । अष्ट्रेलियामा केही समयदेखि मानहानीको कानूनमा सुधार गर्दै सामाजिक सन्जालमा लेखिने कुराहरु पनि यसमा समेट्नुपर्ने माग बढ्दै आएको छ ।