क्यानडाका प्रधानमन्त्रीले जारी गरेको दुर्लभ आदेशमा के छ ?

क्यानडाका प्रधानमन्त्रीले जारी गरेको दुर्लभ आदेशमा के छ ?


काठमाडौं, ३ फागुन । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले निकै कम मात्रै प्रयोग गर्ने कडा आदेश जारी गर्नुभएको छ । (कोभिड–१९) कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरेको विरोधमा ट्रक चालकहरूले गरेको आन्दोलन रोक्न सङ्कटकाल घोषणा गरेको भए पनि त्यो प्रभावकारी नभएपछि प्रधानमन्त्री ट्रुडोले सङ्कटकालसहितको विशेष आदेश जारी गर्नुभएको बीबीसीले जनाएको छ ।
यस्तो आदेश क्यानडाको इतिहासमै अहिलेको सहित दुई पटक मात्र जारी गरिएको छ । यो आदेशअनुसार आन्दोलनमा सहभागीहरूको बैंक खाता फ्रिज समेत गर्न सकिन्छ । अदालतको आदेशविनै प्रदर्शनकारीहरूलाई जेल र जरिबाना गर्न सक्ने आदेश अस्थायी रहेको र विशिष्ट रूपमा प्रयोग हुने प्रधानमन्त्री ट्रुडोले पत्रकार सम्मेलनमा बताउनुभएको बीबीसीले जनाएको छ ।
क्यानडाको राजधानीमा हजारौँ प्रदर्शनकारी बसिरहेका छन् । ट्रक चालकहरुको आन्दोलनका कारण राजधानीको जनजीवन र यातायात सेवा नराम्रोसँग प्रभावित भएको छ । नयाँ आदेशसँगै प्रदर्शन मत्थर हुने क्यानडा सरकारले अपेक्षा गरेको बीबीसीले जनाएको छ । सुरक्षा फौजले अमेरिका सीमा क्षेत्रमा ट्रकसहित बसेका प्रदर्शनकारीहरूलाई भने हटाइसकेको छ ।