पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त

पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त


काठमाडौं, ८ माघ । पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश नियुक्त भएकी छन.। लाहोर उच्च अदालतकी न्यायाधीश आयशा मलिकले आउँदो सोमवार पाकिस्तानी सर्वोच्च अदालतको न्यायाधीश पदको शपथ लिने पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । राष्ट्रपति आरिफ अल्वीले हिजो न्यायाधीश मलिकको बढुवा र सर्वोच्च अदालतमा नियुक्तिको अनुमोदन गरेका हुन् ।
पाकिस्तानको न्यायिक आयोगले जनवरी महिनाको सुरुमा उनको नाम सिफारिस गरेको थियो । उनको कार्यकाल सन् २०३१ सम्म रहनेछ । वरिष्ठताका आधारमा उनी सन् २०३० मै प्रधानन्यायधीश बन्नेछिन् । कट्टर मुस्लिम देश भएकोले पाकिस्तानको सर्वोच्च अदालतमा महिला न्यायाधीश हुनुलाई महत्त्वका साथ हेरिएको छ । यसैबीच पाकिस्तान बार काउन्सिल पीबीसी र अल बार एसोसिएशनले भने आयशालाई सर्वोच्च अदालतको न्यायाधीश बनाए विरोध गर्ने चेतावनी दिएका छन् ।