Logo

ईटलीमा ५० वर्षमाथिका सबैले कोरोना खोप अनिवार्य लगाउनैपर्ने, नलगाए गैरकानूनी




५० वर्षमाथिका ईटालियनहरुले अब अनिवार्य खोप लगाउनुपर्ने भएको छ । कानून नै बनाएर ५० वर्षमाथिकाले कोभिड १९ कोरोनाको खोप लगाउनुपर्ने बनाइएको हो । यो बिचमा नयाँ कानून बनाएर लागू गरिएपछि जनवरी महिनाभरिमा समय दिइएको छ ।

यदि कसैको खोप लगाउन छुट भएको छ भने यो समयमा लगाउन सक्नेछन् । तर, त्यसपछि भने जरिवाना तिर्नुपर्नेछ । यसरी तिर्ने रकम १ सय युरो हुनेछ ।
फेब्रुअरी १५ तारिखबाट ५० वर्षमाथिका मानिसहरुलाई काममा जाँदा अनिवार्य खोप लगाएको प्रमाण पेश गर्नुपर्नेछ । अन्यथा कार्यालयबाट हटाइने र यस्ता कर्मचारीले घरबाटै काम गर्नुपर्नेछ ।

ईटलीले यस्तो खाले कानून बनाएरअनिवार्य रुपमा कोरोना विरुद्धको खोप लगाउनुपर्ने बनाएपछि यसको मिश्रित प्रतिक्रिया आएको छ ।

सत्तारुढ पार्टीका नेताहरुले निर्णयको बचाउ गरेका छन् । उनीहरुले जोखिममा रहेको उमेर समूहका मानिसहरुलाई बचाउने उद्देश्यले यस्तो गरिएको बताएका छन् । तर, सरकार विरोधी दलका सदस्यहरुले भने उमेर छुट्याउन नहुने र सबैलाई नै एउटै नियम लगाउनुपर्ने बताएका छन् ।