काठमाडौं, १३ असोज । पछिल्लो २४ घण्टामा देशभर ११५७ जनामा कोरोना पुष्टि भएको छ । २४ घण्टामा पीसीआर परीक्षणबाट ८९२ र एन्टिजेन परीक्षणबाट २६५ मा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिनुभयो । प्रवक्ता पौडेलका अनुसार २४ पीसीआर विधिबाट १० हजार ६५२ र एन्टिजेन विधिबाट ३ हजार ८८९ परीक्षण भएको छ । जम्मा परीक्षण १४ हजार ५४१ गरिएको छ । १११३ कोरोनामुक्त भएका छन् । २४ घण्टामा कोरानाबाट जनाले ८ ज्यान गुमाएका छन् ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या १८ हजार १९३ रहेको प्रवक्ता पौडेलले जानकारी दिनुभएको छ । जसमा १३१५ जना संस्थागत आइसोलेसनमा छन् । जना १६ हजा ८७८ संक्रमित होम आइसोलेसनमै छन् । संस्थागत आइसोलेसनमा रहेका मध्ये ३५४ जना आइसीयूमा र ९९ जना भेन्टिलेटरमा रहेको प्रवक्ता पौडेलले बताउनुभयो ।
प्रवक्ता पौडेलका अनुसार अहिलेसम्म पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ लाख ९४ हजार १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेनबाट कोरोना पुष्टि हुनेको संख्या ९१ हजार ३७३ पुगेको छ । जम्मा संक्रमण पुष्टि हुनेको संख्या ८ लाख ८५हजार ५३६ पुगेको छ ।
हालसम्म ७ लाख ६४ हजार ८४७ जना कोरोनामुक्त भएका छन् । कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार १२३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्