Logo

दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पनि कोरोना संक्रमण



काठमाडौं, २० पुस । भारतको नयाँ नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि कोरोना संक्रमण भएको छ । केजरीवाल आफैंले सामाजिक सन्जालमार्फत् कोरोनाबाट संक्रमित भएको जानकारी दिएका हुन् । कोभिड परीक्षण पोजेटिभ आएको उल्लेख गर्दै उनले भनेका छन्, ‘हल्का लक्षण छ । आफूलाई घरमै आइसोलेट गरेको छु ।’
उनले केही दिन अगाडि आफूसँग सम्पर्कमा रहेकाहरुलाई पनि कोभिड परीक्षण गराउन र आइसोलेसनमा बस्न आग्रह गरेका छन् । भारतमा कोरोना संक्रमण फैलिदो क्रममा छ । राजधानी नयाँदिल्लीमा पछिल्लो २४ घण्टामा ४ हजार ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।