२४ घण्टामा थपिए १२८२ जना संक्रमित, ७ जनाको मृत्यु

२४ घण्टामा थपिए १२८२ जना संक्रमित, ७ जनाको मृत्यु


काठमाडौं, ११ असोज । पछिल्लो २४ घण्टामा देशभर एक हजार २८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ४८८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार २८२ जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ८१ जनाको पिअिसार परीक्षण गर्दा ९७५ र तीन हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ३०७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोमबार देशभर एक हजार २६२ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा सात जना संक्रमितको मृत्यु भएको छ । देशभर १८ हजार ८४८जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये १७ हजार ५३५ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार ३१३ संक्रमित छन् भने  ३८५ जना आइसियुमा र १२५ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ । देशभर २५६ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर एक लाख १२ हजार ८७४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।