यौन दुव्र्यवहार आरोप लागेका अमेरिकी पादरीलाई जेल सजाय

यौन दुव्र्यवहार आरोप लागेका अमेरिकी पादरीलाई जेल सजाय


काठमाडौं, ६ पुस । इस्ट टिमोरको अदालतले अमेरिकी एक क्रिश्चियन पादरीलाई यौन दुव्र्यवहारको अभियोगमा १२ वर्ष जेल सजाय सुनाएको छ । थुप्रै टुहुरा बालिकामाथि यौन दुव्र्यवहार गरेकोमा ८४ वर्षीय रिचर्ड डासबाचलाई अदालतले कठोर सजाय सुनाएको हो ।
रिचर्डले १९९० को दशकमा जोखिममा रहेका बालबालिकाका लागि आश्रय दिँदै आएका थिए । त्यस क्रममा उनले १४ वर्षमुनिका बालिकालाई यौन शोषण गर्नुका साथै तीमध्ये एकलाई बाल पोर्नोग्राफीमा लगाएको र घरेलु हिंसा गरेको भन्दै मुद्दा दायर भएको थियो ।
राजधानी डिल्लीबाट २०० किमि टाढाको ओकस जिल्लामा उनले यौन दुव्र्यवहार गरेको भन्दै गत फेब्रुअरीमा मुद्दा दायर भएको थियो । उनले सञ्चालन गरेको टोपु होनिस आश्रयस्थलमा बालिकाहरूमाथि शोषण गरेको उनीमाथि आरोप थियो ।
रिचर्डका वकिलले भने उनले आफूमाथिको आरोप अस्वीकार गर्दैआएका छन् । साथै अपीलका लागि तयारी गरेको बताइएको छ । चार जना पीडितको बयानमा आधारित रहेर फैसला गरिएको भन्दै अदालतको फैसला विरुद्ध अपील गर्ने तयारी भएको उनका वकिलले बताए ।
तर रिचर्डको अपराधको गाम्भिर्यतालाई ध्यानमा राख्दै बढीमा ३० वर्षको जेल सजाय सुनाउनुपर्ने पीडित समूहले जनाएको छ ।