चीनमा चल्न थाले चालकविहीन ट्याक्सी !

चीनमा चल्न थाले चालकविहीन ट्याक्सी !


काठमाडौं, ४ पुस । चीनले बेइजिङमा चालकविहीन ट्याक्सी चलाउन अनुमति दिएको छ । बेइजिङको दक्षिणपूर्वी भेग यीझुआङको ६० वर्ग किलोमिटर क्षेत्रमा रोबोट्याक्सी भनिने चालकविहीन कार चलाउन सरकारीले अनुमति दिएको हो ।
चिनियाँ सरकारी अधिकारीले अहिलेलाई परीक्षणका रुपमा अनुमति दिइएको र सफल भएमा यस्ता ट्याक्सीको संख्या बढाउने बेइजिङका सरकारी अधिकारीहरुले बताएका छन् । एक सय वटा कार सडकमा गुड्न थालेका र अहिले सात सयभन्दा बढी ठाउँबाट यात्रुले सेवा पाउने बीबीसीले जनाएको छ । एउटा कारले एक पटकमा दुई जनासम्म यात्रु बोक्न सक्छ । कारको मनिटरमा जडान गरिएका विशेष उपकरण र सेन्सरहरूले वरिपरिको वातारण, अरू सवारीसाधन र पैदलयात्रु बारेमा थाहा पाउनेछन् ।
परीक्षणकाल भरका लागि ट्याक्सी अनुगमनका लागि एक जना सुपरभाइजर राख्ने र पछि पूर्णरूपमा चालकविहीन हुने बीबीसीले जनाएको छ । कतिपयले सडकको जटिल अवस्थाका कारण सुरक्षा चुनौती हुने बताएका छन् ।