पाकिस्तानको कराँचीमा बम विस्फोट, १० जनाको मृत्यु, १२ जना घाइते

पाकिस्तानको कराँचीमा बम विस्फोट, १० जनाको मृत्यु, १२ जना घाइते


काठमाडौं, ३ मंसिर । पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा एउटा भवनमा भएको बम विस्फोटमा २ जनाको मृत्यु भएको छ । दुई तले भवनको भुइँ तल्लामा भएको विस्फोटमा अन्य १२ जना घाइते भएका छन् ।
घटनामा घाइते भएका प्रायः सबैको अवस्था गम्भीर रहेको शहीद मोहम्मद बेनजिर भुट्टो इन्स्टिच्युट अफ ट्रमाका प्रमुख सञ्चालक मुहम्मद साबिर मेमनले बताएका छन् ।
एक निजी बैंक र अन्य थुप्रै कार्यालय भएको भवनमा ग्याँस चुहावटका कारण विस्फोट भएको बताइएको छ । विस्फोटमा भवन आंशिक रूपमा ध्वस्त भएको थियो र थुप्रै व्यक्तिहरू भग्नावशेषमा फसेको आशङ्का गरिएको छ । उद्धारटोली फसेका मानिसहरुको खोजीका लागि भग्नावशेष हटाउन प्रयासरत रहेका छन् ।