भिक्टोरियामा कोरोनाको संक्रमित बढे, न्यूसाउथवेल्सलाई पछ्याउँदै!

भिक्टोरियामा कोरोनाको संक्रमित बढे, न्यूसाउथवेल्सलाई पछ्याउँदै!


मेलबर्न, अष्ट्रेलिया ।

बिहीबार भिक्टोरियामा नयाँ ७ सय ६६ कोरोना संक्रमित थपिएका छन् । यससँगै चार जनाले ज्यान समेत गुमाएका छन् । कोरोनाका कारण लगाइएको प्रतिबन्धको विरोध गर्दै मेलबर्नको सिटीमा प्रदर्शन भएको भोलिपल्ट संक्रमितको संख्या बढेको छ । बुधबार ६२ हजार ४ सय ८ जनाको परीक्षण गरिएकोमा यस्तो नतिजा आएको हो ।

उता बुधबार ४० हजार ९ सय ५७ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् । यससँगै राज्यमा ७४ दशमलब ४ प्रतिशत जनसंख्याले कोभिड १९ विरुद्धको खोप लगाइसकेका छन् । ४५ दशमलब २ प्रतिशतले खोपको दुबै मात्रा लगाएका छन् ।

उता न्यूसाउथवेल्समा पनि लगातार कोरोना संक्रमित भेटिने क्रम जारी छ । बिहीबार सार्वजनिक गरिएको विवरण अनुसार एक हजारभन्दा माथि नै संक्रमितहरु दैनिक फेला पर्ने गरेका छन् । भिक्टोरियामा हालसम्म भेटिएको यो नै सबैभन्दा बढी दैनिक संक्रमित संख्या हो ।